नेप्से ओरालो लाग्दा पनि २७ कम्पनीको शेयर मूल्य बढ्यो, कुनको कतिले ?
१९ मंसिर २०७९, सोमबार १५:०७

काठमाडौं । शेयर बजारमा आज २४।४६ को ओराला लागेको छ। शेयर बजार ओरालो लाग्दा २७ कम्पनीका लगानीकर्ताको शेयर मूल्य बढेको छ।
आज सयपत्री हाईड्रोपावरको शेयर सबैभन्दा धेरै बढेको छ । हिजोको तुलनामा कम्पनीको शेयर मूल्य ३।१२ प्रतिशतले बढेको छ ।
त्यस्तै, एनआईसी एशिया सेलेक्ट फण्ड, ग्लोबल आईएमई ब्यालेन्स फण्ड १, नारायणी डेभलपमेन्ट बैंक, कुमारी बैंकको डिभेञ्चर ८६, एसबिआई बैंकको डिभेञ्चर ८६, खप्तड, मेगा म्युचुअल फण्ड १, एनआइबीएल समृद्धि फण्ड २ र एनएमबी हाईब्रिड फण्ड १ को शेयर मूल्य बढेको छ ।














