ग्लोबल आइएमई क्यापिटलको साधारण सभा मंसिर २६गते बस्ने, यस्ता छन् मुख्य प्रस्तावहरु
२० मंसिर २०७९, मंगलवार १०:४९

काठमाडौं । ग्लोवल आइएमई क्यापिटल लिमिटेडले साधारण सभा आह्वान गरेको छ । संस्थाको कात्तिक २१ गतेका दिन बसेको सञ्चालक समितिको बैंठकले यहि मंसिर २६ गतेका दिन कम्पनीको रजिष्टर्डको कार्यालय नक्साल, काठमाडौंमा बस्ने भएको हो ।
क्यापिटलल सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्नुहुुने बार्षिक प्रतिवेदन पारित गर्ने भएको छ । त्यस्तै, लेखापरिक्षक नियुक्त गर्ने, लेखापरिक्षकको वासलात, नाफा नोक्सानको विवरण पारित गर्ने लगायतका अन्य विविध प्रस्तावहरु रहेका छन् ।












