करिब २ बर्षपछि नाडेप लघुवित्तको शेयर कारोबार फुकुवा

२० मंसिर २०७९, मंगलवार १४:२९

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ। नेप्सेमा आज लघुवित्तको शेयर फुकुवा भएको हो । धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशिका जारी गरेपछि कम्पनीले कारोबार खोल्न नेप्सेमा निवेदन दिएको थियो ।

सोही अनुसार यी कम्पनीको शेयर भोलि बुधवार देखि कारोबारमा आउनेछन् । यस नाडेप लघुवित्त वित्तीय संस्थालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गाभ्ने सम्झौता पछि २०७७ पुस १७ गते देखि कम्पनीको शेयर कारोबार रोक्का थियो । यस आधारमा कम्पनीको शेयर करीब २ वर्ष पछि कारोबारमा आउने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*