उतारचढावकाबीच झिनो अंकले घट्यो नेप्से, कारोबार करोडमा झर्यो

२० मंसिर २०७९, मंगलवार १५:१६

काठमाडौं । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से परिसूचक आज सामान्य अंकले घट्न पुगेको छ । उतारचढावकाबीच आज नेप्से परिसूचक ४.८७ अंकले घटेरे इन्डेक्स १९३३ मा कायम भएको छ ।

नेप्सेमा सूचीकृत २३८ कम्पनीको २५ लाख ८१ हजार ४२५ कित्ता शेयर किनबेच हुँदा ९६ करोड ५२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्से घटेसँगै आज शेयरबजारमा कारोबार रकम पनि अर्बबाट करोडमा झरेको छ ।

नेप्सेले पछिल्लो केही दिनयता दर्जन भन्दा बढी कम्पनीहरुको शेयर कारोबार फुकुवा गरेतापनि शेयरबजारमा लगानीकर्ताहरुमा उत्साह देखिएको छैन । सो कारण कारोबार माथि उक्लिन सकेको छैन ।

सर्वाधिक आज शिवम् सिमेन्ट्सको ८ करोड १२ लाख रुपैयाँ माथिको कारोबार भएको छ । त्यस्तै, धौलागिरी लघुवित्त वित्तीय संस्थाको सर्वाधिक ८.१७ प्रतिशत अर्थात २६ रुपैयाँ ३० पैसाले शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*