मेगा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
२१ मंसिर २०७९, बुधबार ०६:००

काठमाडौं । मेगा बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर २३ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।
मंसिर २२ गते धान्य पूर्णिमा।उभौली पर्व भएका कारण सार्वजनिक विदा परेको हुनाले भोलिसम्म नेप्सेमा कायम शेयरधनीले मात्रै मेगा बैंकको लाभांश पाउनेछन् ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट कायम चुक्तापुँजीको ४ प्रतिशत बोनस शेयर र ३।७९ प्रतिशत नगद लाभांश ९कर समेत० गरी कुल ७।७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
उक्त प्रस्तावित लाभांश पारितका लागि बैंकले यहि पुष ७ गते राष्ट्रिय सभागृह काठमाडौंमा बिहान १० बजे बस्नेगरी १२औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।












