शेयर कारोबार फुकुवा भएर आजदेखि यी चार कम्पनीको दोस्रो बजारमा कारोबार हुँदै

२१ मंसिर २०७९, बुधबार ०६:३०

काठमाडौं । नेप्सेले हिजो चार कम्पनीको शेयर कारोबार फुकवा गरेको छ । नेप्सेले हिजो नाडेप, ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डू र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा गरेको हो ।जसको कारण आजदेखि यी चार कम्पनीको दोस्रो बजारमा शेयर कारोबार हुँदैछ ।

यी चारवटै कम्पनीको आधारभूत शेयरधनीबाहेक अन्यको शेयर कारोबार फुकुवा गरिएको छ । नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशिका जारी गरेपछि यी तीनओटै कम्पनीले कारोबार खोल्न नेप्सेमा निवेदन दिएका थिए ।

यी कम्पनीको शेयर आजदखि दोस्रो बजारमा कारोबारमा आउनेछ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक आपसमा मर्जरमा जाने सम्झौता भएसँगै गत असार २ गतेदेखि दुवै कम्पनीको शेयर कारोबार रोक्का भएको थियो ।यी दुई बैंकका शेयरधनीले साढे ५ महीनापछि कम्पनीको शेयर कारोबार गर्न सक्नेछन् ।

त्यसैगरी नेशनल माइक्रोफाइनान्स लघुवित्त र समीट लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभिने सम्झौता भएसँगै दुवै कम्पनीको असोज २७ गतेदेखि शेयर कारोबार रोक्का भएको थियो । समीट लघुवित्तको कारोबार भने हालसम्म रोक्का नै रहेको छ ।

नाडेप लघुवित्त वित्तीय संस्थालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गाभ्ने सम्झौता पछि २०७७ पुस १७ गते देखि कम्पनीको शेयर कारोबार रोक्का थियो । यस आधारमा कम्पनीको शेयर करीब २ वर्ष पछि आजदेखि दोस्रो कारोबारमा आउने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*