चिलिमे हाइड्रोपावरको लाभांश घोषणा, साधारण सभा र बुकक्लोजको मिति तय

२१ मंसिर २०७९, बुधबार १०:२४

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आव २०७८।७९ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको मंसिर २० गते बसेको संचालक समितिको बैठकले गत आव २०७८।७९ को संचित मुनाफाबाट कायम चुक्तापुँजीको ७.५ प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १५ प्रतिशत लाभांश विरतण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश पारितका लागि कम्पनीले पुष २२ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । त्यस्तै, साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुष ३ गते बुकक्लोजको मिति तोकेको छ । यसर्थ पुष २ गतेसम्म कायम शेयरधनीहरुले मात्रै लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*