नेपाल राष्ट्र बैंकले एक अर्ब २७ करोड मुद्दती निक्षेपमा लगानी गर्ने, शुक्रबारसम्म प्रस्ताव पेश गर्न सकिने

२१ मंसिर २०७९, बुधबार ११:२१

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक अर्ब २७ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले अवकाश कोष अन्तर्गत रहेको कर्मचारी सुरक्षण कोषको रकम मुद्दतीमा लगानी गर्ने जनाएको हो ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा कुल एक अर्ब एक करोड ६० लाख रुपैयाँ, विकास बैंकहरुमा १९ करोड ५ लाख रुपैयाँ र वित्त कम्पनीहरुमा ६ करोड ३५ लाख रुपैयाँ गरी कुल एक अर्ब २७ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको उक्त रकम लिनमा लागि प्रस्ताव गरिएको ब्याजदर समेत उल्लेख गरी मंसिर २० गतेदेखि मंसिर २३ गते बेलुका ७ बजेसम्म कम्पनीको इमेल [email protected] मार्फत प्रस्ताव आह्वान गर्न सक्नेछन् ।

राष्ट्र बैंकले यहि पुष एक गतेदेखि २०८० मंसिर ३० गतेसम्म ३६६ दिनका लागि उक्त रकम मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*