मोलुङ हाइड्रोपावरले ८० लाख कित्ता आइपीओ निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति
२१ मंसिर २०७९, बुधबार ११:३६

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्री खुल्ला गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका ८० करोड २५ लाख रुपैयाँ बराबरको कुल ८० लाख २५ हजार कित्ता आइपीओ निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो । कम्पनीले पहिलो चरण र दोस्रो चरण गरी आइपीओ निष्काशन गर्नेछ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आइपीओ जारी गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्नेछ ।
कम्पनीले मंसिर १५ गते बोर्डबाट आइपीओ निष्काशनको अनुमति पाएको हो । बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।












