भगवती हाइड्रोपावरले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति

२१ मंसिर २०७९, बुधबार ११:४४

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रिमियमा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले अंकित मूल्य ११६ रुपैयाँ दरका कुल १४ लाख ३० हजार १६२ कित्ता आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा स्वीकृत माग्दै निवेदन पेश गरेको छ ।

कम्पनीले १६ करोड ५८ लाख ९८ हजार ७९२ रुपैयाँ बराबरको कुल १४ लाख ३० हजार १६२ कित्ता आइपीओ प्रिमियम मूल्यमा निष्काशन गर्न मंसिर २० गते सेबोनसमक्ष अनुमति मागेको हो ।

यसअघि कम्पनीले बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिलट लिमिटेडलाई नियुक्त गरिसकेको छ । बोर्डबाट अनुमति पाएमा कम्पनीले स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारमा गएका नेपाली र सर्वसाधारणहरुलाई आइपीओ जारी गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*