सानिमा बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
२१ मंसिर २०७९, बुधबार १५:०६

काठमाडौं । साताको चौथो दिन बुधबार १६ अंकको गिरावट आएको छ । नेप्से परिसूचक आज दोहोरो अंकले घटेर १९१७ विन्दुमा कायम भएको छ ।
नेप्से घटेपनि आज एक अर्ब ६५करोडमाथिको कारोबार भएको छ । सर्वाधिक सानिमा बैंकको प्रोमोटर शेयरको ६७ करोड २ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्ट्सको १३ करोड ८५ लाख, नबिल बैंकको ४ करोड ५२ लाख, हिमालयन डिष्टिलरीको ३ करोड ७९ लाख र रिडी हाइड्रोपावरको ३ करोड ३२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।













