शेयर कारोबार फुकुवा भएर सानिमा लाइफ इन्स्योरेन्स र समीट लघुवित्तको दोस्रो बजारमा कारोबार हुँदै
२२ मंसिर २०७९, बिहीबार ०५:२९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप दुई कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले हिजोदेखि सानिमा लाइफ इन्स्योरेन्स र समीट लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा गरिदिएको हो ।
हिजो शेयर कारोबार फुकुवा भएसँगै यी दुई कम्पनीको दोस्रो बजारमा शेयर कारोबार हुँदैछ । नेप्सेले यी दुवै कम्पनी छुट्टाछुट्टै कम्पनीसँग गाभ्ने र गाभिने तथा मर्जरमा जाने सम्झौता गरेसँगै यी दुवै कम्पनीको शेयर कारोबार रोक्का राखेको थियो ।
नेप्सेले मंसिर २१ गतेदेखि यी दुवै कम्पनीको आधारभूत शेयरधनी बाहेकको शेयरधनीको शेयर कारोबार फुकुवा गरिदिएको हो । सोअनुसार अब यी दुई कम्पनीको दोस्रो बजारमा कारोबार खुल्नेछ ।












