प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता, एकिकृत कारोबार कहिले?
२१ मंसिर २०७९, बुधबार २१:५८

काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच प्राप्ति (एक्विजिसन) का लागी अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको छ।पुस अन्तिमदेखि संयुक्त कारोबार सुरू गर्नेछन्।
सम्झौतापत्रमा प्रभु बैंकका संयुक्त प्राप्ति ९एक्विजिसन० समितिका संयोजक रमेशसिंह खड़का र सेञ्चुरी कमर्सियल बैंकका संयुक्त एक्विजिसन समितिक सदस्य मनबहादुर राईले हस्ताक्षर गरेका छन्।
विभिन्न समयमा सफलतापूर्वक मर्जर सम्पन्न गरेको प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट भदौ २० गते सैद्धान्तिक सहमति प्राप्त भैसकेको थियो।












