हिमाल वाटरपार्क एण्ड भिलेज होटलले आईपीओ निष्काशन गर्ने

हिमाल वाटरपार्क एण्ड भिलेज होटलले आईपीओ निष्काशन गर्ने भएको छ । बिरगञ्जस्थित क्लार्क रिसोर्ट नामले चिनिने उक्त होटलको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्राइभेट लिमिटेडबिच संस्थागत परामर्श सेवा अन्तर्गत रोडम्याप फर आईपीओ सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौतामा एनआइबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गाना तथा हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्राइभेट लिमिटेडका क्लार्क रिसोर्ट, बिरगञ्ज तर्फबाट निर्देशक सुनिल कुमार खेतानले हस्ताक्षर गरेका हुन् । उक्त समारोहमा एनआइबिएल एस क्यापिटल लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र संस्थागत परामर्श प्रमुख भुवन राज पन्त तथा हिमाल वाटरपार्क एण्ड भिलेज होटलका नायव महा प्रबन्धक राजेश रञ्जनको पनि उपस्थिती थियो ।












