हिमाल वाटरपार्क एण्ड भिलेज होटलले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल

काठमाडौं । वीरगंजको हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्रालि (क्लार्क रिसोर्ट) ले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ जारी गर्नको लागि बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
बिक्री प्रबन्धक नियुक्तका लागि दुवै संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौता अन्तर्गत एनआइबिएल एस क्यापिटलले रिसोर्टलाई सर्वसाधारणलाई सेयर निष्काशन पूर्व, निष्काशनको अवधि र निष्काशनपछि गरी तीन चरणमा सेवा प्रदान गर्नेछ ।
सम्झौतामा एनआइबिएल एस क्यापिटलका तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा हिमाल वाटरपार्कका तर्फबाट निर्देशक सुनिल कुमार खेतानले हस्ताक्षर गरेका छन् ।
होटलको संरचना १ लाख २२ हजार ४३०.४८ वर्गफिटमा फैलिएको छ। २०७३ सालदेखि होटलको निमार्ण कार्य सुरु भएको थियो । अहिले उक्त होटल निर्माण भइसकेको छ ।












