मोलुङ्ग हाइड्रोपावरले आइपीओ निष्काशनको लागि धितोपत्र बोर्डबाट पायो अनुमति

२२ मंसिर २०७९, बिहीबार १८:३०

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीले आईपिओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले मङ्सिर १५ गते कम्पनीलाई आईपिओ निष्काशन अनुमति प्रदान गरेको हो ।

यस सँगै अब कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि १ सय रुपैयाँ अंकित दरका३५ करोड ३१ लाख बराबरको ३५ लाख ३१ हजार कित्ता शेयर निष्काशन गर्ने छ । कम्पनीले सेयर निष्काशनको लागि सनराइज क्यापिटललाई बिक्री प्रवन्धक चयन गरेको छ।

कम्पनीको तर्फवाट प्रबन्ध संचालक अमृत कुमार महर्जन र सन्राइज क्यापिटलको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

मोलुङ्ग हाइड्रोपावरको ७ मे।वा। क्षमताको मोलुङ्ग खोला जलविद्युत आयोजनाबाट २०७४ चैत्र १२ गतेबाट ब्यापारिक विद्यृत उत्पादन सुरु गरी संचालनमा रहेको छ । यो आयोजना ओखलढुंगामा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*