सञ्चालक निर्वाचनको प्रस्ताव सहित श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको विशेष साधारण सभा आज हुँदै

२३ मंसिर २०७९, शुक्रबार ०६:४८

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको विशेष साधारण सभा आज हुँदैछ । कम्पनीले सञ्चालक निर्वाचनको प्रस्तावसहित विशेष साधारण सभा आह्वान गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा आज बिहान १० बजे शुरू हुँदैछ ।

विशेष साधारण सभाले कम्पनीको गत असार २० गतेदेखि मङ्सिर २३ गतेसम्म वर्तमान सञ्चालक समितिले गरेको कामकाजको अनुमोदन गर्नेछ ।

सभाले संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाट तीन जना गरी ६ जना सञ्चालकहरूको निर्वाचनसमेत गर्नेछ । विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले मङ्सिर १५ गते एक दिन बुक क्लोज गरेको छ ।

बुक क्लोजको आधारमा मङ्सिर १४ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*