लाभांश प्रस्तावसहित चिलिमे हाइड्रोपावरले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

२३ मंसिर २०७९, शुक्रबार ०९:३४

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले पुष २२ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ११ बजे बस्नेगरी सभा डाकेको हो ।

कम्पनीको सो सभाले गत आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको ७.५ प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १५ प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै यसबाहेक सभाले गत आवको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । त्यस्तै, सोही आवको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

यसका अलावा आव २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने समेत सभाको एजेण्डा रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यहि पुष ३ गते बुकक्लोजको मिति तोकेको छ । यसर्थ पुष २ गतेसम्म कायम शेयरधनीहरु मात्रै सभामा उपस्थित हुन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*