युनिलिभर नेपालको लाभांश अनुमोदन
२३ मंसिर २०७९, शुक्रबार १०:०६

काडमाडौं । युनिलिभर नेपाल लिमिटेडको २९औं वार्षिक साधारण सभा सम्पन्न भएको । कम्पनीको सभा मंसिर २० गते एभरेष्ट होटल, नयाँबानेश्वर काठमाडौंमा सम्पन्न भएको हो ।
सो सभाले कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ बाट आफ्ना शेयरधनीहरुलाईे प्रतिशेयर १२१५ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरि पारित गरेको छ । कम्पनीले एक अर्ब ११ करोड ८६ लाख ५० हजार ५०० रुपैयाँ लाभांश पारित गरेको हो ।
उक्त लाभांश अब कम्पनीले सम्बन्धित शेयरधनीको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा जम्मा गरिदिनेछ ।













