निर्धन उत्थान लघुवित्तका तीन संचालकको कार्यकाल थप
२३ मंसिर २०७९, शुक्रबार १०:२२

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालकहरुको कार्यकाल थप गरिएको छ । संस्थाले तीन संचालकहरुको कार्यकाल थप गरेको हो ।
संस्थाको विद्यमान संचालक समितिका सदस्यहरु संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने देवेन्द्र बहादुर राउत, सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने टोप बहादुर रायमाझी र सम्रिता तिवारीको कार्यकाल मंसिर २४ गते सकिने भएकोले कम्पनीको आगामी २४औं वार्षिक साधारण सभाबाट निर्वाचित भई आउने संचालकहरुलाई कार्यभार हस्तान्तरण गर्ने गरी हालकै संचालकहरुलाई निरन्तरता दिने संस्थाले निर्णय गरेको हो ।
संस्थाको मंसिर २१ गते बसेको संचालक समितिको बैठकले यी तीन संचालकहरुको कार्यकाल थप गर्ने निर्णय गरेको हो ।












