१० हाइड्रोपावर कम्पनीद्धारा लाभांश घोषणा, कुनको कति ?

२३ मंसिर २०७९, शुक्रबार १६:३४

काठमाडौं । हालसम्म १० वटा हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् । यी कम्पनीहरुले आव २०७८।७९ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका हुन् ।

हालसम्म रिडी हाइड्रोपावर, चिलिमे जलविद्युत, युनाइटेड इदी मर्दी, माउन्टेन इनर्जी, रुरु जलविद्युत, अरुण काबेली पावर, अरुण भ्याली हाइड्रोपावर, पाँचथर पावर, नेपाल हाइड्रो डेभलोपर्स र सानिमा माइ हाइड्रोपावरले लाभांश प्रस्ताव गरेका हुन् । सो मध्येबाट पनि रुरु जलविद्युत र अरुण काबेली पावरले भने साधारण सभाबाट प्रस्तावित लाभांश पारित गरिसकेका छन् ।

बाँकी चिलिमे, युनााइटेड इदी मर्दी र माउन्टेन इजर्नीले साधारण सभा र बुकक्लोजको मिति तोकिसकेको छ भने रिडी पावर, अरुण भ्याली हाइड्रोपापर, पाँचथर पावर, नेपाल हाइड्रो डेभलोपर्स र सानिमा माई हाइड्रोपावरले साधारण सभा र बुकक्लोजको मिति तोकिसकेका छैनन् ।

यी १० कम्पनीमध्ये सबैभन्दा बढी रिडी हाइड्रोपावरले ४० प्रतिशत बोनस शेयर र २.१ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साथै दशमध्ये ६ कम्पनीले बोनस शेयर र नगद लाभांश प्रस्ताव गरेका छन् भने बाँकी ४ वटा कम्पनीले शेयरधनीहरुलाई नगद लाभांश मात्रै वितरण गर्ने निर्णय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*