सञ्चय कोषका नवनियुक्त प्रशासक जितेन्द्र धितालद्धारा पदभार ग्रहण
२४ मंसिर २०७९, शनिबार १७:४३

काठमाडौं । सञ्चय कोषका नवनियुक्त प्रशासक जितेन्द्र धितालले पदभार ग्रहण गरेका छन्।
अर्थ मन्त्रालयमा आयोजित समारोहमा पद तथा गोपनियताको शपथ ग्रहण गरेलगत्तै धितालले पुलचोकस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन्। धिताललाई मंसिर २० गते बसेको मन्त्रिपरिषद्को बैठकले कर्मचारी सञ्चय कोषको प्रशासकमा नियुक्त गरेको थियो।
कोष सञ्चालक समितिका अध्यक्ष एवं अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करले धिताललाई शपथ ग्रहण गराएका थिए। कार्यक्रममा बोल्दै अर्थ सचिव पुष्करले नवनियुक्त प्रशासकलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए।












