श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको नयाँ संचालक समिति गठन, अध्यक्षमा शशिराज पाण्डे

काठमाडौं । श्री इन्भेष्टेमन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले नयाँ संचालक समिति गठन गरेको छ । कम्पनीले मंसिर २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट संस्थापक र सर्वसाधारण शेयधरनीतर्फबाट प्रतिनिधित्व गर्ने ५ जना संचालकहरु निर्वाचित गरेको छ ।
कम्पनीले संस्थापक समूहतर्फबाट शशिराज पाण्डे, दिनेश राज जोशी र सर्वसाधारण समूहतर्फबाट राम कृष्ण शर्मा वाग्ले, उमेश भगत प्रधानाङ्ग र महेश प्रसाद अधिकारीलाई निर्विरोध निर्वाचित गरेको हो ।
साथै तत पश्चात बसेको संचालक समितिको बैठकले शशिराज पाण्डेलाई संस्थाको अध्यक्ष पदमा नियुक्त गरेको छ । यसका साथै संस्थापकबाट ३ जना निर्वाचित हुनुपर्नेमा २ जना संचालक निर्वाचित भएको र सो समूहबाट प्रतिनिधित्व गर्ने एकजना संचालक रिक्त रहेको संस्थाले जनाएको छ ।












