एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साधारण सभा पुष २० गते, बुकक्लोज कहिले ?

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले दशौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा यहि पुष २० गते आम्रपाली ब्याङ्क्वेट, थिरबम सडक, काठमाडौँमा विद्युतिय माध्यम (जुम) मार्फत बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।
सभाले हाल कायम चुक्ता पूँजी १ अर्ब २२ करोड ३२ लाख ११ हजार ७०० रुपैयाँको ५.२६ प्रतिशतका दरले ६ करोड ४३ लाख ४० हजार ९३५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले लेखापरीक्षण समिति लगायतका अन्य उपसमितिहरुको बैठक भत्ता निर्धारण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ५ गतेका दिन बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।












