रोक्का रहेको थप तीन कम्पनीको शेयर कारोबार आजदेखि हुँदै
२५ मंसिर २०७९, आईतवार १०:४८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजदेखि तीन कम्पनीको कारोबार सूचारु हुँदैछ । नेप्सेले यी तीन कम्पनी छुट्टाछुट्टै कम्पनीसँग मर्जरमा जाने सम्झौता गरेसँगै शेयर कारोबार रोक्का गरिदिएको थियो ।
नेप्सेले सानिमा लाइफ इन्स्योरेन्स र समीट लघु्वित्तको शेयर कारोबार मसिर २१ गते बुधबार फुकुवा गरिदिएको हो भने सिवाइसी नेपाल लघुवित्तको मंसिर २३ गते शुक्रबार फुकुवा गरिदिएको हो ।
मंसिर २२ गते बिहिबार शेयर बजार बन्द रहेकाले यी तीनै कम्पनीको शेयर कारोबार आजदेखि हुनेछ ।












