यी हुन् आइतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
२५ मंसिर २०७९, आईतवार १५:०५

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा ३१.९७ अंकको गिरावट आएको छ । शेयरबजारमा भारि गिरावट आएसँगै आज एक अर्ब १० रुपैयाँमाथिको मात्रै कारोबार भएको छ ।
आज सर्वाधिक शिवम् सिमेन्ट्सको १० करोड ९३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, नबिल बैंकको ७ करोड ७५ लाख, हिमालयन डिष्टिलरीको ५ करोड ५ लाख, एनआइसी एशिया बैंकको ३ करोड ९२ लाख र रिडी हाइड्रोपावरको ३ करोड २० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।













