आज लघुवित्तको शेयर मूल्य उकालो लाग्यो, सिवाईसी र समिट लघुवित्तको शेयरमा सकारात्मक सर्किट
२५ मंसिर २०७९, आईतवार १५:०८

काठमाडौं । नेप्से ३१।९७ अंकले घट्दा १८८५१।३१ मा कायम भएको छ । नेप्सेमा ओरालो लाग्दा ४१ कम्पनीको शेयर मूल्य बढेकोछ । लामो समयपछि दोस्रो बजारमा शेयर कारोबार भएको सिवाईसी नेपाल र समिट लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ।
त्यस्तै, मैलुङ खोला, ग्लोबल आइएमईको ब्यालेन्स फण्ड १, धैलागिरि, आदर्श लघुवित्त, खप्तड लघुवित्त, सिटिजन म्युचुअल फण्ड १, लक्ष्मी इक्विटी फण्ड, मानुषि लघुवित्तको शेयर उकालो लागेको छ।













