नेप्सेमा भारि गिरावट, लगानीकर्तामा उत्साह घट्दा कारोबार खुम्चियो
२५ मंसिर २०७९, आईतवार १५:१२

काठमाडौं । गत साता उतारचढाव देखिएको शेयरबजार आज साताको पहिलो दिन उच्च अंकले घट्न पुगेको छ । आइतबार नेप्से सूचक ३१.९७ अंकले घटेर इन्डेक्स १८८५ विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा सूचीकृत २५१ कम्पनीको ३५ लाख १२ हजार ८३४ कित्ता शेयर किनबेच हुँदा एक अर्ब १० करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेले दर्जन भन्दा बढी कम्पनीको शेयर कारोबार फुकुवा गरेतापनि लगानीकर्ताहरुमा शेयर किनबेच गर्नमा कुनै पनि उत्साह देखिएको छैन ।
पछिल्लो समय शेयरबजारमा देखिएको उतारचढावमा आम ५३ लाख लगानीकर्ताहरुको मनोबल घट्न पुगेको छ । चुनाव सकिएर सँगै अब अर्थमन्त्री को बन्ला भन्ने आम लगानीकर्ताहरुमा कौतुहलताको विषय बनेको छ ।












