पिपुल्स हाइड्रोपावरको आईपीओ शेयरधनीको डिम्याट खातामा
२५ मंसिर २०७९, आईतवार १८:१९

काठमाडौं । पिपुल्स हाइड्रोपावरको आईपीओ डिम्याट खातामा आएको छ ।सम्बन्धित शेयरधनीको डिम्याट खातामा पीएचसीएलको सिम्बोलबाट देखिएको छ ।अब आवश्यक प्रक्रिया पूरा भएपछि धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सेचन्जमा कारोबारमा आउनेछ । कम्पनीले पहिलो कारोबारको लागि रू. १०० देखि ३०० ओपन रेञ्ज पाउने देखिएको छ ।
कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०० रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही कारण उक्त मूल्य रेञ्ज पाउने देखिएको हो ।












