नबिल बैंकको वम्पर लाभांश घोषणा, बोनस र नगद कति ? (लाभांश इतिहास सहित)
२५ मंसिर २०७९, आईतवार १९:४२

काठमाडौं । नबिल बैंकले वम्पर लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत लाभांश घोषणा गरेको हो । बैंकले गत आर्थिक वर्षको संचित मुनाफाबाट चुक्तापुँजीको १८।५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागिसमेत ११।५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
बैंकको आज बसेको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश वितरणको प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नियामक निकाय नेपाल राष्ट्रले स्वीकृत गरेपछि र आगामी बार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले प्राप्त गरेका छन् ।अघिल्लो वर्षको मुनाफाबाट गत वर्ष बैंकले ३८ प्रतिशत लाभांश दिएको थियो।

(लाभांश इतिहास सहित)













