माउन्टेन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२६ मंसिर २०७९, सोमबार ०९:०६

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (मंसिर २६) गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर २७ गते बुकक्लोज गर्ने भएसँगै आज सम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन तथा प्रस्तावित लाभांश पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सोही प्रस्तावि लाभांश पारितका लागि कम्पनीले पुष ८ गते अम्रपाली ब्याङ्क्वेट क्याटरिङ एण्ड इभेन्ट्स, भाटभटेनी, काठमाडौंमा बिहान १० बजे बस्ने गरी साधारण सभा आह्वान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*