एनएमबि बैंकको संस्थापक शेयर आजदेखि बिक्रीमा, जो कोहिले आवेदन दिन पाउने

२६ मंसिर २०७९, सोमबार ११:०५

काठमाडौं । एनएमबि बैंकले आजदेखि संस्थापक समूहको ४४ हजार ७६१ कित्ता शेयर बिक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता शेयरको न्यूनतम मुल्य १८० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले १८० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

बैंककै संस्थापक शेयरधनी, अन्य व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले पुस ४ गतेसम्म शिलबन्दी बोलपत्रमा आवेदन पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड नागपोखरी, काठमाडौंमा बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् । यसमा न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । ५ लाख रुपैयाँ भन्दा बढी रकमको आवेदन दिनेले प्यान नम्बर पनि फारममा उल्लेख गर्नु पर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*