शेयरबजार खुलेको केही समयमा नै दुई लघुवित्तको शेयरमा सर्किट, शेयरमूल्य कुनको कति ?

२६ मंसिर २०७९, सोमबार ११:२६

काठमाडौं । साताको दोस्रो दिन शेयरबजार खुलेको केही समयमा नै दुई लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

यो समाचार तयार पार्दासम्म समीट लघुवित्त र सिवाइसी नेपाल लघुवित्तको शेयरमा सर्किट लागेको हो । समीट लघुवित्तको शेयर १०६ रुपैयाँले बढेर शेयरमूल्य ११६६ रुपैयाँ २० पैसा पुगेको छ भने सिवाइसी नेपाल लघुवित्तको शेयर १८६ रुपैयाँ ८० पैसाले बढेर शेयरमूल्य २०५४ रुपैयाँ ८० पैसा पुगेको छ ।

यी दुई लघुवित्त छुट्टाछुट्टै संस्थासँग मर्जरमा जान सहमति भएसँगै नेप्सेले यी दुवै संस्थाको शेयर कारोबार लामो समयसम्म रोक्का राखेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*