एनआइसी एशिया बैंकको ‘क्यास डिपोजिट मेसिन’ प्रभावकारी बन्दै, रकम कसरी डिपोजिट गर्ने ? (प्रक्रियासहित)

२६ मंसिर २०७९, सोमबार १३:२४

काठमाडौं । एनआइसी एशिया बैंकले ल्याएको ‘क्यास डिपोजिट’ मेसिन सर्वसाधारणहरुमा प्रभावकारी बन्न पुगेको छ । घण्टौं लाइनमा बसेर डिपोजिट गर्नुपर्ने समस्या हल भएको छ ।

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एनआइसी एशिया बैंकले रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने सुविधा ल्याएको हो ।

बैंकले हाल केन्द्रीय कार्यालय ट्रेड टावर थापाथली, कमलादी र विशालबजार शाखा कार्यालयमा उक्त क्यास डिपोजिट मेसिन संचालमा ल्याएको छ । मेसिनबाट ग्राहकहरुलाई थप सहज हुन पुगेको र शाखामा हुने भिडभाड समेत कम भएको बैंकले जनाएको छ ।

उक्त मेसिनको प्रयोग गरी घण्टौं लाइनमा बस्नुपर्ने झन्झटको समाधान भएको ग्राहकहरुको भनाई छ । तत्काल निक्षेप संकलन गर्न सकिने र २ मिनेटमै रकम जम्मा गरी खातामा जम्मा भइसक्ने भएकोले बैंकले ल्याएको ‘क्यास डिपोजिट मेसिन’ लाभदायी भएको ग्राहकहरुले बताएका छन् ।

यस नवीन सेवा मार्फत बैंकका ग्राहकहरुले सहज रुपमा यस बैंकमा रहेको आफ्नो वा अन्यको खातामा नगद रकम जम्मा गर्न सक्नेछन् । यस सेवा अन्तर्गत बैंकमा गई कुनै भौतिक फारम बिना ग्राहकहरूले केबल खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको छ ।

यस मेसिनबाट १००० रुपैयाँ र ५०० रुपैयाँ दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेकोमा एक जना ग्राहकको खातामा एक पटकमा अधिकतम ९९ हजार ५०० गरी दैनिक अधिकतम ९ लाख ९९ हजार ५०० सम्म नगद जम्मा गर्न सकिने व्यवस्था रहेको छ ।

सहज एवं सरल बैंकिङ्गलाई अंगाल्दै आएको बैंकको यस नयाँ सेवाबाट नगद जम्मा गर्नका लागि सेवाग्राहीले उक्त मेसिनमा रकम जम्म गर्न इच्छाएको खाता नम्बर उल्लेख गरेपछि मोबाइल नम्बरमा ओटीपी प्राप्त गर्नेछन् र उक्त ओटीपी मेसिनमा उल्लेख गरेर भेरिफाइ भएपछि रकम जम्मा गर्ने प्रक्रिया प्रारम्भ हुनेछ । उक्त मेसिनमा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहज रुपमा जम्मा गरिदिने र त्यसको जानकारी समेत एसएमएस तथा रिसिप्ट मार्फत उपलब्ध हुने व्यवस्था बैंकले गरेको छ ।

बैंकले यो सेवा हालको लागि तीन स्थानमा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योेजना बनाइरहेको हुँदा नगद जम्मा गर्नकै लागि भौतिक फारम भरी बैंकको नगद काउन्टरमा लाइन लागेर जम्मा गर्नुपर्ने अवस्थाबाट ग्राहकहरूलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ ।

फोटोफिचर :

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*