बैंकहरुको ब्याजदर घट्न सक्ने हल्लाले शेयरबजारमा १६ अंकको बढोत्तरी

काठमाडौं । लामो समयको अन्तरालपछि आज शेयरबजारमा हरियाली छाएको छ । केही दिनयता बिग्रदै गएको शेयरबजार आज १६.९७ अंकले बढेको छ ।
नेप्से परिसूचक शुन्य दशमलव ९० प्रतिशतले बढेर १९०२ विन्दुमा कायम हुन पुगेको छ । पूर्वबैंकर पर्शुराम कुँवरले तरलता र ब्याजदरका विषयमा सामाजिक संजालमार्फत आफ्नो धारणा ब्यक्त गरेका कारण पनि आज शेयरबजारमा त्यसको प्रभाव देखिएको हो ।
क्षेत्रीले आगामी पुष महिनाबाट बैंकहरुको ब्याजदर राम्रै घट्ने विचार ब्यक्त गरेसँगै विभिन्न संचारमाध्यमहरुले उनको विचार कभर गरेका थिए । पुष महिनामा बैंकहरुको ब्याजदर घट्न सक्ने सम्भावनाले आज शेयरमार्केट एकाएक बढ्न पुगेको देखिएको हो ।
नेप्सेमा सूचीकृत २४५ कम्पनीको ४४ लाख ७० हजार ६२५ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ३६ करोड ६० लाख रुपैयाँमाथिको कारोबार भएको छ । मार्केट बढेसँगै कारोबार रकम पनि आज बढेको हो ।












