बाराही हाइड्रोपावरको आईपीओमा अन्तिम दिनमा कति पर्यो आवेदन ?
२६ मंसिर २०७९, सोमबार १७:४४

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओ अन्तिम दिनमा २७ गुणा बढीको आवेदन परेको छ। कमपनीको आइपीओमा मागभन्दा करीब २७ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारीअनुसार आजसम्म १२ लाख १६ हजार १५३ जनाले १ करोड ३८ लाख ७१ हजार २२० कित्ता शेयर खरीद माग गरेका छन् ।
कम्पनीले मङ्सिर २१ गतेदेखि सर्वसाधारणमा ५ लाख १५ हजार २२० कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । अन्तिम दिनसम्म परेको आवेदनको तथ्याङ्क हेर्दा मागभन्दा २६ दशमलव ९२ गुणा बढी आवेदन परेको छ ।












