अपर तामाकोशी हाइड्रोपावरले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं। अपर तामाकोशी हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनील हकप्रद शेयर जारी गर्न विक्री प्रबन्धकमा नागरिक लगानी कोषलाई नियुक्त गरेको छ भने सह विक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।
कम्पनीले १ः१ को अनुपातमा अर्थात (१ कित्ता शेयर बराबर १ कित्ता शेयर) का दरले साबिकका शेयरधनीहरूलाई हकप्रद जारी गर्न लागेको हो ।कम्पनीले प्रति शेयर १ सय रुपैयाँ दरले हुने १० करोड ५९ लाख कित्ता हकप्रद साधारण शेयरको हुने रकम दश अर्ब ५९ करोड बराबरको हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
नागरिक लगानी कोष र अपर तामाकोशी हाइड्रोपावर लिमिटेड बीच हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्ध सेवा प्रदान गर्नको लागि मंसिर २६ गते दुइ पक्षिय सम्झौता–पत्रमा हस्ताक्षर भएको छ ।













