नेपाल बैंकर्स एसोसिएसनमा तीन सदस्य निर्विरोध चयन

२६ मंसिर २०७९, सोमबार १८:०९

काठमाण्डौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को कार्यकारी समितिमा तीनजना सदस्य चयन भएका छन् । आज (सोमबार) को दिन सम्पन्न एनबीएको ३६ औँ वार्षिक साधारणसभाले तीन सदस्य पदमा निर्विरोध निर्वाचित गरेको हो ।

उक्त संगठनको सदस्यमा निर्वाचित हुनेमा नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत दीपक कुमार डे, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ रहेका छन् ।

त्यस्तै मेगा बैंककी पूर्वसीईओ अनुपमा खुन्जेली बैंकबाट बाहिरिएपछि एनबीएमा सदस्य पद पनि खाली थियो । सोही रिक्त पदमा खालिङ निर्वाचित भएका हुन्। एनबीएमा एक वर्ष अध्यक्ष तथा उपाध्यक्ष र अर्को वर्ष सदस्यहरुको निर्वाचन हुन्छ । सोही प्रक्रियाअन्तर्गत यो वर्ष सदस्यहरु निर्वाचित भएका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*