नेपाल एसबिआई बैंकको अध्यक्षमा जयती बन्सल नियुक्त
२७ मंसिर २०७९, मंगलवार १०:४६

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको संचालक परिवर्तन भएको छ । बैंकले नेप्सेमार्फत जानकारी गराउँदै बैंकको संचालक समितिको अध्यक्ष परिर्वतन गरेको जनाएको हो ।
बैंकको संस्थागत शेयरधनी स्टेट बैंक अफ इण्डिया (एस.बि.आई)को तर्फबाट बैंकको संचालक समितिको अध्यक्षको रुपमा प्रतिनिधित्व गर्दै आएका राजिव अरोराको स्थानमा जयती बन्सललाई संचालकको रुपमा मनोनित गरि पठाएकोमा बैंकको मंसिर २६ गते बसेको संचालक समितको बैठकले बन्सललाई संचालक समितिको अध्यक्षमा चयन गरेको हो ।












