नबिल बैंकको ३ लाख कित्ता बढी शेयर बिक्रिमा

२७ मंसिर २०७९, मंगलवार १०:४७

काठमाडौं । नबिल बैंकको संस्थापक शेयरधनीको रुपमा रहेको हिमालयन क्यापिटल मार्केट्स एण्ड ईन्भेष्टमेण्ट प्राईभेट लिमिटेडले आफ्नो नाममा रहेको नबिल बैंकको ३ लाख कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको छ । हिमालयन क्यापिटल मार्केट्सले ३ लाख २ हजार ५ सय ४५ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन बमोजिम उक्त शेयरहरू खरिद गर्नको लागि बैंकका विद्यमान संस्थापक शेयरधनीहरूलाई नै प्राथमिकता दिनुपर्ने व्यवस्था भए बमोजिम इच्छुक तथा योग्य विद्यमान संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, तिनधारा, विणामार्ग, दरबारमार्ग, काठमाडौं स्थित कम्पनी सचिवको कार्यालयमा निवेदन दिन बैंकले आग्रह गरेको छ ।

उक्त समयमा बिद्यमान संस्थापक शेयरधनीबाट शेयर खरिदको लागि कुनै आवेदन नपरेको खण्डमा सो शेयर अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री गरिने संस्थाले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*