शेयरबजारमा झिनो अंकको गिरावट, कारोबार ७७ करोडमा सीमित
२७ मंसिर २०७९, मंगलवार १५:११

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । अघिल्लो दिन एकाएक सुधार देखिएको शेयरबजारमा आज २.२५ अंकको गिरावट आएको हो ।
पुष महिनामा ब्याजदर नघट्न सक्ने हल्लालले आज फेरी शेयरमार्केको अवस्था डाउन हुन पुगेको हो । नेप्से इन्डेक्स आज १८९९ को विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत २४८ कम्पनीको २० लाख ५८ हजार ५१० कित्ता शेयर किनबेच हुँदा ७७ करोड ७० लाख रुपैयााँमाथिको कारोबार भएको छ । नेप्से सूचक घटेसँगै आज कारोबार रकम समेत घटेर करोडमा सीमित हुन पुगेको छ ।












