तीन लघुवित्त संस्था ‘वेष्ट म्यानेज माइक्रोफाइनान्स अफ द इयर’ अवार्ड बाट सम्मानित

२७ मंसिर २०७९, मंगलवार १७:१७

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुमध्ये उत्कृष्ट ब्यवसाय गर्न सफल तीन लघुवित्त संस्था ‘वेस्ट म्यानेज्ड माइक्रोफाइनान्स कम्पनी अफ द इयर’ अवार्डबाट सम्मानित भएको छ ।

छिमेक लघुवित्त, डिप्रोक्स लुघवित्त र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था उक्त अवार्डबाट सम्मानित भएका हुन् । मंसिर २६ गते आयोजित एक विशेष कार्यक्रममा बीचमा माइक्रोफाइनानस कम्पनीतर्फबाट यी तीन संस्थालाई सम्मान गरिएको हो ।

न्यू बिजनेश एज प्रालिले सोमबार आयोजित सातौं न्यूबिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड अन्तरगत ‘वेस्ट म्यानेज्ड माइक्रोफाइनान्स कम्पनी अफ द इयर’ अवार्डको दाबेदार घोषित गरेको छ । यस अवार्ड विभिन्न वित्तीय तथा गैर–वित्तीय मापदण्डहरूको आधारमा निर्धारण गरिएको छ र आयोजकहरूद्वारा नियुक्त निर्णायक मण्डलले निर्णय गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*