तीन वाणिज्य बैंक ‘वेष्ट म्यानेज्ड कमर्सियल बैंक अफ द इयर’ अवार्ड बाट सम्मानित

२७ मंसिर २०७९, मंगलवार १७:४९

काठमाडौं । नेपालमा सञ्चालित वाणिज्य बैंकहरुमध्ये उत्कृष्ट ब्यवसाय गर्न सफल तीन वाणिज्य बैकहरु ‘वेस्ट म्यानेज्ड कमर्सियल बैंक अफ द इयर’ अवार्डबाट सम्मानित भएका छन् ।

स्ट्यान्डर्ड चार्टड बैंक, सिद्धार्थ बैंक र राष्ट्रिय वाणिज्य बैंकहरु उक्त अवार्डबाट सम्मानित भएका हुुन् । मंसिर २६ गते आयोजित एक विशेष कार्यक्रममा बीचमा वाणिज्य बैंकहरुको तर्फबाट यी तीन बैंकलाई सम्मान गरिएको हो ।

न्यू बिजनेश एज प्रालिले सोमबार आयोजित सातौं न्यूबिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड अन्तरगत ‘वेस्ट म्यानेज्ड कमर्सियल बैंक अफ द इयर’ अवार्डको दाबेदार घोषित गरेको छ ।

यस अवार्ड विभिन्न वित्तीय तथा गैर–वित्तीय मापदण्डहरूको आधारमा निर्धारण गरिएको छ र आयोजकहरूद्वारा नियुक्त निर्णायक मण्डलले निर्णय गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*