कारोबारको पहिलो दिनमै पिपुल्स हाइड्रोपावरको शेयरमा नकारात्मक सर्किट, शेयर किन्न झुम्मिए लगानीकर्ता

२८ मंसिर २०७९, बुधबार ११:१८

काठमाडौं । पिपुल्स हाइड्रोपावरको शेयर आजदेखि कारोबारमा आएकोछ । मंंसिर २७ गते नेप्सेमा ‘पीएचसीएल’ सिम्बोलबाट सूचीकृत भएको कम्पनीको आइपीओ आजदेखि कारोबारमा आएको हो ।

कम्पनीको आइपीओ ३०० रुपैयाँमा खुलेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । अर्थात शेयरमूल्य ३० रुपैयाँले घटेर २७० रुपैयाँ पुगेको छ ।

साथै शेयर कारोबारमा पहिलो दिनमै कम्पनीका लगानीकर्ताहरुले धमाधम शेयर किनबेच गरेका छन् । यो समाचार तयार पार्दासम्म कम्पनीको सर्वाधिक २० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*