चार विकास बैंक ‘वेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अफ द इयर’ अवार्डबाट सम्मानित

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त चार विकास बैंक ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अफ द इयर’ अवार्डबाट सम्मानित भएका छन् । शाइन रेसुङ्गा डेभलपमेन्ट, मुक्तिनाथ विकास, लुम्बिनी विकास र कामना सेवा विकास बैंकले उक्त अवार्ड प्राप्त गरेका हुन् ।
मंसिर २६ गते आयोजित एक विशेष कार्यक्रममा बीचमा विकास बैंक कम्पनीतर्फबाट यी चार विकास बैंकलाई सम्मान गरिएको हो ।
न्यू बिजनेश एज प्रालिले सोमबार आयोजित सातौं न्यूबिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड अन्तरगत ‘वेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अफ द इयर’ अवार्डको दाबेदार घोषित गरेको छ ।
उक्त अवार्ड समारोहमा पहिलो वेस्टमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले अवार्ड पाएको थियो । त्यस्तै, दोस्रोमा मु्क्तिनाथ र तेस्रोमा लुम्बिनी विकास बैंक र कामना सेवा विकास बैंकले अवार्ड पाएका थिए ।
यस अवार्ड विभिन्न वित्तीय तथा गैर–वित्तीय मापदण्डहरूको आधारमा निर्धारण गरिएको छ र आयोजकहरूद्वारा नियुक्त निर्णायक मण्डलले निर्णय गरेका थिए ।












