दुई कम्पनीको शेयरमा सकरात्मक सर्किट, अन्य कुनको कतिले बढ्यो ?
२८ मंसिर २०७९, बुधबार १५:०७

काठमाडौं । साताको चौथो दिन शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार २।६२ अंकले घटेर १८९७ को विन्दुमा कायम भएको छ ।
शेयर बजारमा ओरालो लागेतापनि सिवाइसी नेपाल लघुवित्त र इस्टन हाइड्रोपावरको शेयरमा सकरात्मक सर्किट लागेको छ ।
त्यस्तै, धौलगिरी लघुवित्त, रशुवागडी हाइड्रोपावर र खप्तड लघुवित्तको शेयर मूल्य बढेको छ ।













