प्रभु बैंकको लाभांश सुरिक्षत गर्ने भोलि अन्तिम दिन
२८ मंसिर २०७९, बुधबार १५:४२

काठमाडौं । प्रभु बैंकको लाभांश सुरिक्षत गर्ने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १ गते बुक क्लोज गर्ने भएको हुदाँ मंसिर २९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन्छन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ६.५० प्रतिशत बोनस शेयर र १.५० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस १४ गते साधारण सभा आयोजना गरेको छ ।
सभा बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बिहानको ९ बजे शुरू हुनेछ ।












