एचआइडीसीएलको लाभांश घोषणा, बोनस र नगद कति ?
२९ मंसिर २०७९, बिहीबार १०:२९

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको मंसिर २९ गते बिहान बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश नेपाल सरकारको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधराण सभाले पारित गरेपछि मात्रै शेयरधनीहरुमा वितरण हुनेछ ।












