शिवम् सिमेन्ट्सद्धारा लाभांश प्रस्ताव, साधारण सभा र बुकक्लोजको मिति समेत तय

२९ मंसिर २०७९, बिहीबार १०:३४

काठमाडौं । शिवम् सिमेन्ट्सले लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शे्यरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको मंसिर २८ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को संचित मुनाफाबाट कायम चुक्तापुँजीको १०.५३ प्रतिशत नगद लाभांश तिवरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले सातौं वार्षिक साधारण सभा पुष २९ गते आह्वान गरेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुष २० गते एक दिन बुकक्लोजको मिति तोकेको छ । यसर्थ पुष १९ गतेसम्म कायम शेयरधनीहरु मात्रै सभामा उपस्थिति हु्न र प्रस्तावित लाभांश पाउन योग्य मानिनेछन् ।

No description available.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*