ग्राहकहरुमा थप सेवा बढाउँदै एनआइसी एशिया बैंक, अनलाइन बैकिङ्गमा यी ५ विशेषता पाउन सकिने

२९ मंसिर २०७९, बिहीबार १२:०५

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै अनलाइन बैकिङ्गमा ५ वटा नयाँ विशेषता समावेश गरेको छ । ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले थप सेवा सुविधा दिने हेतुले अनलाइन बैकिङ्गमा विभिन्न पाँच विशेषता समावेश गरेको हो ।

जसमा जुनसुकै ठाउँबाट ग्राहकहरुले बैंकको बैकिङ्ग सेवा सुविधा लिन सक्नेछन् । त्यस्तै, एनआइसी एशिया बैंकको अनलाइन बैकिङ्गमा आकर्षक क्यासब्याक सेवा तथा विभिन्न अफरहरुको समेत व्यवस्था रहेको छ । जसमा बैंकमा ग्राहकहरुले अनलाइनमार्फत बैंकको कारोबार गर्दा क्यासब्याक अफर प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, बैंकको अर्को विशेषतामा २४।७ अकाउन्ट उपलब्ध रहेको छ । बैंकले सरल र सहज तरिकाबाटै घरमै बसेर २४।७ खाता उपलब्ध सुविधा प्राप्त गर्न सक्नेछन् । त्यस्तै, यसमा सरल र सुविधाजनक विशेषता समेत रहेको छ । एनआइसी एशिया बैंकको अनलाइन बैकिङ्ग सेवा सरल र थप सुविधाजनक रहेको छ ।

त्यस्तै, बैंकले सुरक्षा परिस्कृत पनि बैंकको अनलाइन बैकिङ्गमा समावेश गरेको छ । जसमा बैंकका ग्राहकहरुले अनलाइन बैकिङ्ग तथा कारोबार गर्दा ढुक्कसँग सुरक्षितका साथ गर्न सक्नेछन् । यसमा ग्राहकहरुको बैंकिङ्ग कोड, ओटिपी, पिन, सेक्युरिटि तथा पासवर्डहरु सबै सुरक्षित हुनेछन् ।

यसबाहेक बैंकले आफ्ना ग्राहकहरुलाई थप सहजताका लागि विभिन्न सेवाहरु ल्याइरहेको छन् । एनआइसी एशिया बैंकको अनलाइन बैकिङ्ग सेवा सुविधा प्राप्त गर्न बैंकको अनलाइन खाता खोल्न यो लिङ्क http://bit.ly/3MkQDaw क्लिन गर्न सकिनेछ ।

May be an image of 1 person and text that says 'www.nicasiabank.com 5 Benefits of Online Banking Banking From Anywhere Attractive Cashback & Offers -0-] 24/7 Account Access Convenient Enhanced Security CUSTOMERCARE: CUS 1660-01-77771, 01-5970101 NICASIA ASIA शशिया'

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*